काठमाडौं, १३ पौष । नेपाली काँग्रेसले १६५ निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन गर्दैछ । काँग्रेसले संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शनको आयोजना गर्न लागेको हो ।
काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गर्दै आएको छ । तर, काँग्रेसभित्र आन्दोलनमा जाने र नजाने पक्षबीच मतभेद छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा मध्यावधि चुनावको तयारीको पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापनाका लागि आन्दोलनमा जानुपर्ने पक्षमा छन् ।-फाइल तस्बिर