काठमाडौं, १३ पुष । नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोलीले भेटवार्ताको क्रममा येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए। सो क्रममा उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए। तस्विर : सूर्य थापा/प्रम ओलीका प्रेस सल्लाहकार