काठमाडौं, १३ पुस । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ । खनाल निवासमा भएको भेटवार्तामा दुई पार्टी र दुई देशबीचको सम्वन्धलाई अझ राम्रो बनाउने, सुदृढ गर्ने बारेमा छलफल भएको खनालको सचिवालयले जनाएको छ।
यसअघि उक्त प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेको छ । नेकपा विभाजन हुन लागेको अवस्थामा चिनियाँ प्रतिनिधि नेपाल आएको हो । नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बढेको भन्दै चौतर्फी आलोचना भैराखेको छ ।