Logo

विगतका कुरा : केपी ओलीसँगका तिता अनुभव यसरी सुनाए प्रचण्डले (भिडियो)



पुष १३, काठमाण्डौ । नेकपा विभाजन भएर दुई समुह बनेपछि विगतका अनेकौँ रहस्यहरु खुल्न थालेका छन् । ओली समुहले प्रचण्ड माधव समुहका नेताहरुको पोल खोलिरहेका छन् । उता ओली समुहले अर्को समुहका नेताहरुले विगत के गरे र केके भने भन्ने कुराहरु खुलासा गरिरहेका छन् । यसैक्रममा सोमबार पुष्पकमल दाहालले केपी ओलीसँगका अनेकौँ किस्साहरु सुनाएका छन् ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा जनतामाफ अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले आफूहरुबीच निकै सुमधुर सम्बन्ध रहेको देखाउने प्रयास गरे । तर उनीहरुबीच वास्तवमा भने कहिल्यै पनि एकअर्काप्रति विश्वास र सम्मान रहेन । त्यसेको नतिजा हो अहिले नेकपा फुटिसकेको छ । पार्टी विभाजन भएर दुई समुहको नेतृत्व गरिरहेका ओली र दाहालले एकअर्काको कमजोरी छरपष्ट पार्न केन्द्रित भएका छन् ।

सोमबार दाहालले सार्वजनिक कार्यक्रममा नै ओलीसँग अनेकौँ तिता अवस्थाहरु खोतले । दाहालले पार्टीको बैठकमा आफु बस्ने कुर्सी नै ओलीले हटाइदिएको स्मरण गरे । कुसी प्रकरणमा माधवकुमार नेपालले दिएको सुझाब पनि निकै रोचक थियो । आफूलाई तितो लागेको कुरा दाहालले अहिले भने हँसिलो पाराले सुनाएका थिए ।

आफूलाई ओलीले अपमानित गरेको दुखेसो गरेका दाहालले विभाजनको स्थिती आएपछि ओलीलाई तपाईसँग बस्न अप्ठेरो लागेको थियो, त्यस्तै परिस्थिती सृजना गरिदिनुभयो धन्यवाद भनेको कुरा सुनाए । ओलीले आफूलाई जनतासामु पुर्याइदिएकोमा दाहालले खुशी व्यक्त गरे ।

प्रत्येकपटकको बैठकमा आफ्नो सुझाब ओलीले नमान्ने गरेको दाहालले बताए । त्यसैगरी बैठकलाई ओलीले महत्व नदिने गरेको र निर्धारित समयमा पनि नआउने गरेको रहस्य दाहालले खुलासा गरेका छन् ।

प्रचण्ड माधव र ओली समुहले अहिले नेकपाको नेतृत्व गरिरहेको छ । दुवै पक्षले आफ्नो समुह आधिकारिक भएको दावी गरेका छन् । तर यससम्बन्धमा निर्वाचन आयोगले टुङ्गो लगाउने छ ।

https://www.facebook.com/watch/?v=743160279649724



प्रतिक्रिया दिनुहोस्