काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा बाग्मती प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यले सर्वसत्तावादी केपी ओली स्वभाविक रुपमा ढल्ने उद्घोष गरेकी छिन् । नेकपा प्रचण्ड–माधव समूहको राजधानी उपत्यकामा सुरु भएको प्रदर्शन सभामा सम्बोधन गर्दै नेतृ शाक्यले यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘जनताले कस्ता कस्ता शासकलाई त ढाले, जनताले अत्यन्तै सुव्यवस्थित् व्यवस्था चाहेको हो । हामीले यो सरकार बन्दै गर्दा सामाजिक सुरक्षाको ग्यारेन्टी हुनेछ, सुशासन कायम हुनेछ भन्ने लागेको थियो । तर, ओली नेतृत्वको सरकारले त्यस्तो गरेन । जनताको शक्तिको अगाडि राजसंस्था त टिकेन भने केपी ओली कहाँ टिक्छ ? केपी ओली आज कामरेड बन्नुभएन, सामन्ती शासक बन्नुभयो, सर्वसत्तावादी शासक बन्नुभयो । जनताको अधिकार खोस्ने शासक बन्नुभयो ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम