काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले केपी शर्मा ओलीलाई अन्तिम मौका दिईरहेको स्पष्ट पारेका छन् । आज उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
उनले भने,‘उहाँमा गुटवादी प्रवृत्ति हाबी भएको छ । कम्युनिष्टमा हुनुपर्ने गुणहरु उहाँमा छैनन् । उहाँको कदमलाई अस्विकार गर्नेबाहेक अर्को कुनै विकल्प छैन् । संसद विघटन गरेर असंवैधानिक कदम चाल्नुभयो । त्यसका निम्ति उहाँमाथि हामीले अनुशासनको कारबाही गर्यौं । उहाँ सुध्रिनुहुन्छ कि भनेर आशा गरेका छौं । हामीले सुध्रिनुहुनुछ कि भनेर अन्तिम मौका दिईरहेका छौं ।’ केपी वंश र प्रवृत्तिको नाश भईछाड्ने पनि उनको दाबी छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम