Logo

अनलाइनको माध्यमबाट बिरामीको उपचार गर्ने महिला चिकित्सकहरु यौन उत्पीडनको शिकार



एजेन्सी, १५ पुस । प्रविधिको विकास हुँदै जाँदा सम्पूर्ण क्षेत्र प्रविधिमैत्री बन्दै गएको छ । चिकित्सा क्षेत्रमा पनि प्रविधिको विकास भइरहेको छ । मानिसहरु समय कम भएको कारण उनीहरुआफ्नो समस्यालाई चिकित्सक सामू अनलाईनमार्फत आफ्नो समस्या राख्ने गर्छन् । अनलाईन प्रविधिले चिकित्सक र विरार्मी २४ घण्टा उपचार परामर्श गर्न सक्छन् ।

महिला चिकित्सकहरुले विरामीलाई परामर्श गर्ने क्रममा कतिपय पुरुषहरुले अनलाईनमा महिला चिकित्सक संग दूव्यवहार गर्ने गर्छन् । कतिपयले महिला चिकित्सकसामू हस्थमैथुन गरेको गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको प्रकाशित लेखमा उदृढ गरेको छ । त्यस प्रकारको घटनालाई महिला चिकित्सक र अनलाइन माध्यमले प्रहरी जनाउनु भन्दा पनि उनीहरुले त्यस्ता प्रकारका गतिविधिलाई लुकाउने गरेको जनाइएको छ । अनलाइनमा परामर्श गर्दा चिकित्सकले विरामीलाई राम्रो अध्ययन सुरु मै गरेको हुन्छ । त्यस पश्चात उनीहरु अनलाइन मार्फत आफ्नो समस्या सुनाउने गर्दछ । थुप्रै मानिसहरुलाई यस अनलाइन परामर्शबारे जानकारी समेत नहुने गर्दछ । तर, परामर्श गरिरहेका मानिसहरुले नै उक्त घटनालाई सह दिने गर्दछ ।

उनीहरुले विभिन्न नामबाट आइडि खोली महिला चिकित्सकलाई यौन उत्पीडनको शिकारमा पार्ने टाइम्स अफ इन्डियाको लेखमा जनाइएको छ । एक महिला चिकित्सकले विरामी भनेर परामर्श गर्न खोज्दा उनलाई त्यास्तो व्यवहार देखाएपछि सम्बन्धित व्यक्तिलाई ब्लक गर्ने गर्दछन् । तर, सोही मानिसले पुनः नयाँ आइडी सिर्जना गरी अन्य महिला चिकित्सकलाई आफ्नो प्रभावमा पारी सोही व्यवहारलाई दोहोर्याउने गर्छन् । यसले चिकित्सकलाई समेत मानसिक समस्या निम्तिने गर्दछ । यस्ता प्रकारको घटना प्रायजसो राती घट्ने गरेको जनाइ्रएको छ ।

इन्डिया बुल्स नाम गरेको टेलिकम्युनिकेशन कम्पनीले निरन्तर रुपमा यस्तो समस्या झेलिरहेको जनाइएको छ । प्राय यस्तो समस्या भोगीरहेको चिकित्सकले व्यक्तिलाई पहिचान पनि गर्न सक्दैनन् । चिकित्सकले अनलाइन मार्फत गरेको परामर्शबाट ४० देखि ४५ हजार सम्म कमिशन पाउँने गर्छन् । सोही कमिशनको लोभमा उनीहरुले अनलाइन मार्फत परामर्श गर्ने गर्दछन् । विरामी यस्तो व्यवहार देखाएमा उनीहलाई कानुन सम्मत सजाय पाउने व्यवस्था छ । तर, उनीहरुको पहिचान लुकेको कारण त्यस्ता मानिसहरुलाई भेटेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्