Logo

युक्रेनी विमानमा मारिएका यात्रुका लागि इरानले प्रति परिवार डेढ लाख डलर क्षतिपूर्ति दिने



एजेन्सी, १५ पौष । इरानले युक्रेनको विमान खसालेकोमा विश्वसामु माफी मागिसकेको छ । तेहरानमा भएको यो घटनाको सर्वत्र निन्दा भयो । इरानले उक्त घटना त्रुटीवश भएको स्वीकारिसकेको छ । उसले घटनामा मृत्यु भएकाको परिवारका लागि प्रतियात्रु डेढ लाख डलर राहत दिने भएको छ ।

इरानको सरकारले घटनाको एक वर्षपछि राहतको घोषणा गरिसकेको छ । इरानको सरकारले विज्ञप्तिमार्फत् यसको जानकारी दिएको हो । इरानका राष्ट्रपति हसन रुहानीले क्याबिनेटबाट राहत रकम विनियोजन पारित गरेका हुन् ।

१६७ यात्रु र नौजना चालक दलका सदस्यसहित तेहरानबाट युक्रेनका लागि उडेको विमानमाथि इरानी सैनिकको दुईवटा मिसाइल प्रहार भएको थियो । उक्त विमान आकाशबाट झरेको थियो । घटनामा सबै यात्रुको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्