काठमाडौं, १७ पौष । सन् २०२० विश्व इतिहासकै असाधारण वर्ष रह्यो । यो वर्षको शुरुमै सँसारभर कोरोना भाइरसको महामारी फैलियो ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुआन शहरमा पत्ता लागेको कोरोना भाइरस २०२० मा व्यापक फैलियो । उक्त वर्ष सँसारका अधिकांश देशले पटक पटक लकडाउन गर । जनजीवन प्र्र्रभावित भयो । मानव इतिहासमा यसअघि यस्तो कहिल्यै भएको थिएन । मानिसहरु महिनौंसम्म घरबाट बाहिर निस्कन समेत पाएनन् ।
सँसारका धेरै अस्पताल कोरोना संक्रमितले भरियो । कोरोना भाइरस ले सन् २०२१ भित्र १८ लाख २५ हजारको ज्यान गयो । ८ करोड ३० लाख संक्रमित भए ।
चुनौतीलाई पार गर्दै मानव जगतले नयाँ अवस्थाका लागि संघर्ष गर्यो । कोरोना भाइरसविरुद्धको खोप विकासमा वैज्ञानिकहरु अहोरात्र जुटे । सन् २०२० भर वैज्ञानिकहरु भाइरसविरुद्ध लड्ने भ्याक्सिन विकासमा जुटे । फलस्वरुप भ्याक्सिनहरुको विकास भयो ।
अमेरिकाको फाइजर र मोर्डना जस्ता कम्पनिले भ्याक्सिन विकास गरे । रुस स्पुतनिक भी नामको कोरोनाविरुद्धको भ्याक्सिन विकास गरी अनुमोदन गर्ने पहिलो देश बन्यो । उसले पहिलोपटक भ्याक्सिनको प्रयोग पनि गर्यो ।
बेलायतले अक्सफोर्ड भ्याक्सिन विकास गर्यो । जुन भारतमा पनि उत्पादन भइरहेको छ । चीनले पनि भ्याक्सिनहरुको विकास गरी आकस्मिक प्रयोग शुरु गरिसकेको छ ।
२०२१ अब भ्याक्सिनको वर्ष हुँदैछ । सँसारका सबैजसो मुलुकहरुमा कोरोनाविरुद्धको भ्याक्सिन पुग्दैछ । यूरोप, अमेरिका, एशियालगायतका देशहरुमा भ्याक्सिन धमाधम प्रयोग भइरहेको छ । २०२१ मा यसले अझ गति लिनेछ । मानव समुदाय फेरि एकपटक कोरोनाविरुद्धको युद्ध जितेर अगाडि बढ्ने अपेक्षा गरिएको छ ।