Logo

लोकतन्त्र र संविधान खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपर्यो : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपरेको स्पष्ट पारेका छन् । उनले संसद पूनःस्थापना कुनैपनि हालतमा नहुने जिकिर गरेका छन् । आफू पक्षधरको काठमाडौं जिल्ला कमिटीको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले पार्टीहरु चुनावको लागि तयारी गरिरहेको र सुरक्षा निकायले चुनावको तयारी गरिरहेकोले अब चुनाव समयमै हुने विश्वास दिलाएका छन् । उनले देशलाई माया गर्ने शक्तिलाई जनताले मत दिने पनि दाबी गरे । उनले दुई वटा अंक भएको सिट ल्याएर देखाउन प्रचण्ड र माधव नेपाल समूहलाई चूनौति दिएका छन् । Photo By: Mukunda Kalikote/ReportesNepal



प्रतिक्रिया दिनुहोस्