काठमाडौँ १८ पुस। शिक्षा पत्रकार सञ्जाल नेपाल (इनोज)को अध्यक्षमा गोरखापत्रका प्रकृति अधिकारी निर्वाचित हुनु भएको छ । आज सम्पन्न सातौा अधिवेशनले उहाँको अध्यक्षतामा एघार सदस्यीयकार्यसमिति निर्वाचित गरिएको हो । कार्यसमितिको उपाध्यक्ष, महासचीव, कोषध्यक्ष र सचिवमा क्रमशः अन्नपूर्ण पोष्टका सूर्य प्रसाद पाण्डे, द काठमाडौँ पोष्टका विनोद घिमिरे, नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र रेडियो कान्तिपुरकी वार्वता चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा घामछाया डटकमका रुपे आचार्य, दि राइजिङ नेपालकी मञ्जिमा ढकाल, राष्ट्रिय समाचार समितिका विष्णु नेपाल, अभियान दैनिककी दुर्गा लामिछाने, राजधानी दैनिकका प्रशान्त ओली, प्राइम टेलिचिजनका दीपक अर्यालनिर्वाचित भएका छन् । प्रमुख अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी र निर्वाचन आयुक्तराजेन्द्र उप्रेती पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
त्यसअघि आयोजित साधारण सभामा महासचिव सूर्य प्रसाद पाण्डेले संस्थाको सांगठनिक र कोषध्यक्ष विनोद घिमिरे आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।अधिवेशनमा इनोजका सल्लाहकार इशवरराज ढकाल र भवानीश्वरगौतम, अभिभावक महासंघका अध्यक्ष भण्डारीले शुभकामना दिनुभएको थियो ।