Logo

विद्यालय खुलाउने निर्णय



काठमाडौं, १९ पौष । देशभर विद्यालय खुलाउने निर्णय भएको छ । आज बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति एमसीसीको बैठकले विद्यालय खुलाउने निर्णय गरेको हो ।

एमसीसीको निर्णलाई मन्त्रिपरिषदको अब बस्ने बैठकले पारित गर्ने तयारी भएको छ । मन्त्रिपरिषदको नियमित बैठक भोलि बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार हाललाई विद्यालय, फिल्म हल, जिमखानालगायत खुल्ला गर्न मन्त्रिपरिषदेमा प्रस्ताव पठाउने निर्णय भएको बताए । तर, आवश्यक परेमा कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी बन्न गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिइनेछ ।

५ चैत्र २०७६ यता कोरोना भाइरसको जोखिमका कारण देशभरका विद्यालय बन्द छन् । विद्यालय बन्द हुँदा दशौं लाख विद्यार्थीहरुको पठनपाठन प्रभावित छ । हाल अनलाइन कक्षाबाट विद्यार्थीहरुको पढाई भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्