एजेन्सी, २० पौष । चिनियाँ अर्बपति ज्याक मा केही हप्तायता हराएका छन् । उनी सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा पनि कतै देखिएका छैनन् । यसले विश्वभर विभिन्न आशंकाहरु गर्न थालिएको छ ।
पछिल्लो समय ज्याक मा चीन सरकारको छानविनमा परेका छन् । उनले सरकारको आलोचना गरेपछि तारोमा परेका हुन् ।
ज्याक मा झण्डै तीन महिनायता सामाजिक सञ्जालमा देखिएका छैनन् । अफ्रिका बिजनेश हिरोज नामको टीभी शोमा जज रहेका उनी त्यसबाट पनि हटाइएका थिए ।
ज्याक माको दुईवटा कम्पनि अलिबाबा र एन्ट दुवै छानविनको दायरामा ल्याइएका छन् । बैकहरुले उनको कम्पनिमाथि छानविन बढाएको छ ।
विश्वका २५ औं धनी ज्याक माको कुल सम्पत्ति ५० अर्ब डलर रहेको ब्लुमवर्ग बिलिनरिज इन्डेक्सले जनाएको छ । ज्याक मा पछिल्लो समय समाज सेवामा बढी समय खर्चदै आएका छन् ।-फाइल तस्बिरः एजेन्सी