काठमाडौं, २१ पौष । यी हुन् यादवप्रसाद खकुरेल । ब्राइन इन्टरनेशनल प्रा.लि. का प्रोपाइटर बनेर चीनबाट सामान आयात गर्छन् । तर, यीनले योजनावद्ध तरिकाले एकजनाको घरजग्गा नै स्वाहा बनाइदिएका छन् ।
यसरी भयो ठगी
धादिङ घर भएका खकुरेलले श्रीमतीतर्फका नातेदार हरिप्रसाद सिलवालका नाममा कम्पनि खोले । उक्त कम्पनिमा आफै काम गर्नु पैसा निकालिदिन्छु भनेपछि पीडित राजकुमार बुढाथोकी तयार भए । उनले पनि कम्पनि खोलिएको छ धीतोवापत् रकम निकालेपछि केही कारोबार गर्छु भन्ने ठानेर चिनेबुझेका खकुरेलको भनाईमा परे । दुई करोड रुपैयाँ निकाल्ने र कारोबार गर्ने सहमति भएको बुढाथोकीले बताए ।
ग्लोबल आइएमई बैंकको न्युरोड शाखाबाट ऋण पास गर्दा खकुरेलले शक्ति लगाएर ४ करोड २५ लाख रुपैयाँ पास गरे । खकुरेलले आफूलाई भनेको सुनाउँदै भने,‘अझ बढी रकम पास गरिदिएको छु काम राम्ररी गर्नु भने ।’ तर, रकम खकुरेलले नातेदार हरिप्रसाद सिलवाललाई लिएर धमाधम निकाल्न थाले । २०६८ सालमा ४ करोड २५ लाख रुपैयाँ निकालेपछि खकुरेल बुढाथोकीबाट टाढिन थाले ।
पैसा निकालेपछि खकुरेलले विभिन्न बहानामा टार्दै अलमलाउन थाले । ब्याज नतिरेपछि बैंकले धीतोवापतको घरजग्गा लिलामीमा निकाल्यो । २०७५ सालमा बुढाथोकीको घरजग्गा नै लिलाम भयो । उनी घर न घाट गराउन खोजेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी बुढाथोकीले भने,‘मलाई योजनावद्ध तरिकाले फसाएर यादवप्रसाद खकुरेल सम्पर्कविहिन छन् ।’
खकुरेलले धेरैलाई पीडित बनाएर काठमाडौंमा ठुलो सम्पत्ति जोहो गरेको सुनाए । एकपछि अर्को गर्दै कीर्ते गरी सम्पत्ति जोहो गरेका खकुरेलमाथि कारबाहीको समेत माग गरेका छन् ।
विगतमा बैंकबाट रकम निकालेको दिने सहमतिको कागज गरेपनि अझै अस्वीकार गरेको बताए । उनले कीर्ते गर्ने खकुरेल जस्ताहरुले धेरैलाई घरबारविहिन बनाएको समेत सुनाए ।
बुढाथोकीले आफूमाथि अन्याय भएको र कीर्तेको पासोमा परेकोले न्यायका लागि अपिल गरे । उनले भने,‘मलाई अन्याय भएको छ न्यायका लागि तपाईंहरु सामु आएको छु ।’ खकुरेल जस्तो कीर्ते गर्नेहरुबाट होशियार हुन आग्रह गरे ।