Logo

रामचन्द्र पौडेलले भनेः काँग्रेस पञ्चायतको जस्तो चुनाव लड्दैन, ओलीजीले राजीनामा दिनुपर्छ (भिडियोसहित)



काठमाडौं, २५ पौष । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ मा ऋषि धमलासँगको अन्तवार्तामा पौडेलले प्रधानमन्त्रीले राजीनामा दिएर जानुपर्ने बताएका हुन् ।

‘ओलीजीले राजीनामा दिएर जानुपर्छ,’ काँग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘संविधानलाई अप्ठ्यारो पार्न पाइन्छ ।’ काँग्रेसले घोषित मध्यावधि चुनाव लड्ने समेत बताए । उनले भने, ‘चुनाव लड्ने नै भए पञ्चायतको चुनाव पनि लडेको भए हुन्थ्यो नि ? ओलीले पञ्चायतको जस्तो चुनाव गर्न खोजेको आरोप लगाए ।’ चुनाव गर्ने नियतले ओलीले घोषणा नगरेको बताए ।

प्रतिनिधिसभा पुनः स्थापनाको विकल्प नभएको उनको भनाई थियो । मध्यावधि चुनावमा जाँदा काँग्रेसलाई क्षणिक फाइदा हुन्छ भन्दैमा हामफाल्न नहुने बताए । उनले अहिलेको प्रमुख चुनौती संविधान बचाउने भएको बताए । उनले भने, ‘मौका मिल्यो भन्दै हौसिने मान्छे होइन । म सिद्धान्तको राजनीति गर्छु ।’

संविधानलाई तलबाट उठाएर नल्याएसम्म समस्या समाधान नहुने बताए । उनले भने, ‘ओलीजीले संविधान कुच्चेर जघन्य अपराध गरेका छन् ।’ व्यवस्थामाथि नै खेलवाड भएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्