एजेन्सी, १ माघ : इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएसंगै उपाधिको होडमा म्यानचेस्टर सिटी पनि सामेल भएको छ । उसले बुधबार रातिको खेलमा ब्राइटनलाई १–० ले हराएको छ । खेलमा युवा खेलाडी फिल फोडेनले निर्णायक गोल गरेका थिए ।
उक्त खेलपछि सिटी पहिलोपटक अंक–तालिकाको शीर्ष तीन स्थानमा पनि उक्लेको छ । पछिल्ला १४ खेलमा सिटी अपराजित रहेको छ । सिटीको अब १६ खेलबाट ३२ अंक भएको छ । उसका अगाडि म्यानचेस्टर युनाइटेड ३६ र लिभरपुल ३३ अंकमा छन् ।