Logo

सीमा समस्यालयायत सबै विषयमा कुरा हुन्छः राजदूत आचार्य



ऋषि धमला, नयाँ दिल्ली । भारतका लागि राजदूत निलाम्बर आचार्यले दुई देशबीचको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सीमा समस्याका विषयमा पनि छलफल हुने बताएका छन् । उनले दुई देशको हितका लागि सबै विषयमा कुराकानी हुने बताएका हुन् ।

‘दुई देशबीच सबै विषयमा छलफल हुन्छ,’ राजदूत आचार्यले भने,‘सीमा समस्याका बारे पनि कुराकानी हुन्छ ।’ उनले संवादबाटै समस्याको हल निकाल्न सकिने पनि बताए ।

भारतले सीमा समस्याका बारे कुरा गर्न नचाहिरहेको विषय बाहिर आइरहँदा राजदूत आचार्यको यस्तो भनाई आएको हो ।

यसैगरी, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले पनि सबै विषयमा छलफल हुने बताए । उनले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन कुराकानी केन्द्रित हुने बताए ।

यसैगरी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज नयाँ दिल्ली आइपुगेर सिधै ताजमान सिंह होटल पुगेका छन् । उनले भोलिबाट भेटवार्ता शुरु गर्दैछन् । उनको भ्रमणका क्रममा बारखम्बास्थित नेपाली राजदूतावासका अधिकारीहरु निकै व्यस्त छन् ।-फाइल तस्बिर 



प्रतिक्रिया दिनुहोस्