ऋषि धमला, नयाँ दिल्ली । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका विदेशमन्त्री एस एन जयशंकरबीच वन टु वन वार्ता भइरहेको छ । हैदरावाद हाउमा वार्ता जारी छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्या, कोरोना भाइरविरुद्धको भ्याक्सिन, व्यापार र पारवहनको विषयलाई प्रस्तुत गर्ने बताइसकेका छन् । वन टु वन वार्ताबीच दुई देशको डेलिगेशन बसेर कुराकानी हुनेछ । नेपाल भारत संयुक्त आयोगको बैठक बस्न लागेको हो ।
दुवै देशको डेलिगेशनको लन्च समेत सँगै गर्ने तय भएको छ । वार्तालाई निकै चासोका साथ हेरिएको छ ।