Logo

साना व्यवसायीलाई विमा रकम भुक्तानी गर्न अदालतको आदेश



२ माघ: बेलायतको सर्वोच्च अदालतले लकडाउनका कारण मर्कामा परेका साना व्यवसायीहरूलाई विमा रकम भुक्तानी गर्न आदेश दिएको छ ।

गत बर्ष भएको पहिलो चरणको लकडाउनको बेलाको रकम भुक्तानी गर्न अदालतले शुक्रबार आदेश दिएको हो । त्यस्तो रकम झण्डै १६ लाख अमेरिकी डलर हुने पनि जनाइएको छ ।

प्रभावित व्यवसायीक प्रतिष्ठानहरूको सहयोगमा आर्थिक नियमनकर्ताहरूले रकम भुक्तानीको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।

आर्थिक आचरण प्राधिकरण (एफसीए) नामक निकायका अधिकारीले साना व्यवसायीको १.२ पाउण्ड रकम अहिले भुक्तानी नभएको उल्लेख गरेका छन् ।

प्राधिकरणको मुद्दाको पक्षमा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीश निकोलस ह्याम्ब्लेनले फरक फरक ६० विमा कम्पनीबाट तीन लाख ७० हजार विमाधारक प्रभावित भएको बताए ।

अदालतको फैसलाले विमा भुक्तानीका लागि दावी गर्न मार्ग प्रशस्त गरेको एफसीएका कार्यकारी निर्देशक शेल्डन मिल्सको भनाई छ ।

“अदालतको आदेशलाई सरकारले पनि स्वागत गरेको छ । सर्वोच्च अदालतको यो आदेश अत्यन्त स्वागतयोग्य छ,” व्यापार राज्य मन्त्री क्वासी क्वार्टेङले भने ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्