काठमाडौं, ४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली पक्षधर स्थायी कमिटी सदस्य शंकर पोखरेलले माधव कुमार नेपालले प्रचण्डसँग सुरुदेखि नै सहकार्यमा रहेको दाबी गरेको विषयमा टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन्,”कमरेड माधव नेपालको प्रचण्डसंग सुरुदेखि सहकार्य रहेको दावी वारे, माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम् लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो । तर आज तपाई कमरेड प्रचण्डसंग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?”
नेता पोखरेलले थप लेखेका छन्,‘विधि र पद्धतीमा जोड दिने तपाईले अहिले प्रचण्डसंगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नवोलेको भए हुन्थ्यो । शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौ । त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?” File Photo/ReportersNepal