काठमाडौँ, ४ माघ । प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकार एवं अभियन्ता स्वर्गीय राधा बस्यालले स्थापना गरेको उक्त फाउन्डेशनले हरेक बर्ष एक जना पत्रकारलाई २० हजार नगद राशी सहित पुरस्कृत गर्ने भएको हो ।
फाउन्डेशनका अध्यक्ष प्रकाश बस्यालले पुरस्कृत हुनका लागि हरेक बर्ष बैशाख देखि पुस मसान्त सम्म प्रकाशित तथा प्रकाशित तीनवटा समाचार हुनुपर्ने, त्यसमा एउटा समाचार क्यान्सरविरुद्धको सचेतना अनिवार्य हुनुपर्ने बताए । पुरस्कारका लागि देशभरका पत्रकारहरुले प्रतिस्पर्धामा भाग लिन सक्ने फाउन्डेशनले बताएको छ ।
‘आज हामीले २ लाख रुपैयाँको पत्रकारिता कोष स्थापना गरेका छौँ । त्यसैको व्याजबाट आउने रकमबाट एक जना पत्रकारलाई नगद २० हजार रुपैयाँबाट सम्मान गर्नेछौँ । पुरस्कारको नाम ‘राधा क्यान्सर सचेतना तथा हिंसारुद्धकाविे पत्रकारिता पुरस्कार’ भनिएको छ,’ अध्यक्ष बस्यालले भने ।
उनले पुरस्कारका लागि ४ माघ (आज) देखि ४ फागुनसम्म आवेदन खुल्ने र स्वर्गीय राधा बस्यालको जन्मजयन्तीको अवसरमा ९ फागुनमा वितरण हुने बताए ।
पत्रकारिता र हिंसाविरुद्धको अभियानमा क्रियाशिल राधाको स्तन क्यान्सरबाट गत १४ कात्तिकमा निधन भएको थियो । उनमा अढाई बर्ष अघि देखि क्यान्सर रोग देखा परेको थियो । आफूमा क्यान्सर रोग देखा परिसकेपछि उनले आफ्नो नामबाट सचेतना फाउन्डेशन स्थापना गरी जनचेतना अभिवृद्धिको अभियानमा लागेकी थिइन ।
प्रेस विज्ञप्ति मितिः २०७७/१०/०४
२०४८ साल फागुन ९ गते आमा खीना शर्मा र बुवा शुभराज शर्मा बस्यालको कोखबाट जन्मिएकी राधा बस्याल नवलपुर जिल्लामा रहेर पत्रकारिता गर्नेहरुका लागि परिचित नाम हो । पत्रकारिता जम्दै गर्दा विवाह गरेकी राधाको वैवाहिक जीवन निकै कष्टकर रह्यो । परिवारको चरम यातना र श्रीमानको कुटाइले थिलथिलो भएकी राधामाथि स्तन क्यान्सरको बज्रपात आइलाग्यो । करिब साढे २ वर्षको अवधिमा राधाले रोगसँग मात्रै हैन घरेलु हिंसाविरुद्ध पनि लड्नु प¥यो । विगत १० वर्षदेखि सक्रिय पत्रकारितामा रहेकी बस्याल विवाह पश्चात घरेलु हिंसाको शिकार हुनुप¥यो तर पनि निरन्तर हिंसाका विरुद्धमा र न्यायको पक्षमा लडिरहनुभयो । रोग र हिंसाबाट शिकार हुँदा पनि बस्यालको पत्रकारिताको यात्रा रोकिएन । बरु त्यस कठिन घडीमा पनि महिला हिंसाविरुद्ध र स्तन क्यान्सरबारेको सचेतना जगाउँदै गाउँ गाउँ र बस्तीहरुमा पुग्नुभयो । महिलाका समस्या सुन्नुभयो, आफ्नो अनुभव सुनाउनुभयो र महिलालाई हिंसाका विरुद्ध एक हुन र न्यायको पक्षमा आवाज उठाउन उर्जा भरिरहनु भयो । क्यान्सर लागेको जानकारी हुनासाथ चिकित्सकले मृत्युको मिति तोके पनि आत्मबल, जीवन र आफ्नो लक्ष्यप्रतिको दृढ सङ्कल्प र चिकित्सकको सफल उपचारका कारण उहाँले रोगलाई जितेर केही समय आयु लब्याउनु भयो । यसबीच उहाँ आफ्नै सक्रियतामा राधा क्यान्सर सचेतना फाउन्डेसन नामक संस्था स्थापना गरी क्यान्सर सम्बन्धी चेतना जगाउन जिल्लाका विभिन्न स्थानमा पुग्नुभयो । त्यतिमात्र होइन रेडियो कार्यक्रम र पत्रिका तथा अनलाइनका माध्यमबाट हिंसाविरुद्ध र क्यान्सर रोगका बारेमा चेतना बाँड्ने काममा लागिरहनु भयो । अन्ततः पत्रकार राधाको २०७७ कात्तिक १४ गते निधन भयो ।
समाजमा चेतनाको विगुल फुक्ने उद्देश्यले पत्रकार राधाले खोलेको राधा क्यान्सर सचेतना फाउन्डेसन अब हामी परिवारको जिम्मामा आएको छ । यस फाउन्डेसनले आगामी दिनमा राधाकै उद्देश्य र लक्ष्य अनुसार क्यान्सरका बारेमा चेतना जगाउने र हिंसाका विरुद्धमा आवाज उठाउने छ ।
फाउन्डेसनले हरेक वर्ष राधाकै जन्मजयन्तीको अवसरमा क्यान्सर सचेतना र हिंसाविरुद्ध कलम चलाउने पत्रकारलाई सम्मान गर्ने व्यहोरा जानकारी गराउँछौं । राधा केबल पत्रकार राधा मात्र नभई न्यायको निम्ति लड्ने एक योद्धा र सचेतनाका मोर्चामा होमिएको एक लडाकुसमान हुनुहुन्थ्यो । उहाँले चलाएको हिंसाविरुद्धको अभियान र क्यान्सर सचेतनाको अभियानमा यस पुरस्कारले थप उपलब्धीमुलक बनाउनेछ । हरेक वर्ष पुरस्कार वितरण गर्ने गरी फाउन्डेसनमा परिवारको तर्फको २ लाख रकमको अक्षयकोष स्थापना गरिएको जानकारी यसै विज्ञप्तिमार्फत गराउँछौंँ । अक्षयकोषको वार्षिक हुन आउने ब्याज रकमबाट दिइने नगद पुरस्कार राशी हरेक वर्षको फागुन ९ गते स्वर्गिय पत्रकार राधा बस्यालको जन्म जयन्तीको दिन नवलपुरबाटै समर्पण गरिनेछ । यसका लागि निम्न मापदण्ड तय गरिएको छ ।
तपशील
१. राधा क्यान्सर फाउन्डेसनको मातहत परिवारको तर्फबाट २ लाख राशीको राधा स्मृति अक्षयकोष स्थापना ।
२. अक्षयकोषको रकमबाट वार्षिक हुन आउने ब्याज रकम सहित हरेक वर्ष रु २० हजार रुपयाँको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ अर्पण ।
३. पुरस्कारका लागि हरेक वर्षको माघ ४ गते अर्थात आजकै दिन आवेदन आव्हान गरिने छ । यो बर्षका लागि आजबाट आव्हान गरिएको छ ।
४. आवेदन दिन इच्छुक देशैभरका पत्रकारले यस वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशन÷प्रशारण गरेका क्यान्सर सचेतना र हिंसाविरुद्धका ३ वटा (क्यान्सरसम्बन्धी एउटा सामग्री अनिवार्य) लेख समाचार फागुन ४ गतेभित्र राधा क्यान्सर सचेतना फाउन्डेनको इमेल चअबबधबचभलभकक२नmबष्।िअयm मा पठाउनुपर्ने छ ।
५. प्रकाशित÷ प्रसारित सामाग्रीका साथमा व्यक्तिगत परिचय खुल्ने कागजात पठाउनु पर्ने ।
६. प्राप्त आवेदनमध्येबाट फाउन्डेसनको मातहत रहने पुरस्कार छनोट समितिले रित पुगेको आवेदन र प्रकाशित प्रसारित सामग्रीको आधारमा पुरस्कृत हुने व्यक्ति छनोट गरेपछि उल्लेखित मितिमा कार्यक्रम गरी पुरस्कार राशी र सम्मान–पत्रसहित सम्मान गरिनेछ ।
यस किसिमको पुरस्कारले देशैभर क्रियाशील पत्रकारलाई क्यान्सरसम्बन्धी चेतना जगाउन र हिंसाविरुद्ध कलम चलाउन अझै उत्साह थपिने छ भन्ने विश्वास लिएका छौं । यस कार्यका निम्ति हामीलाई हौसला दिनुहुने र प्रत्यक्ष वा परोक्ष रूपमा सघाउने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दछौँ ।
स्वर्गिय राधा बस्यालप्रति भावपूर्ण श्रद्धासुमनसहित !
…………………
प्रकाश बस्याल
अध्यक्ष
प्रस्ताबित राधा क्यान्सर सचेतना फाउण्डेसन
कावासोती –२ सिमलघारी
सम्पर्कः ९८४७४८३३३४