कालिकोट, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका सचिवालय सदस्य तथा गृहमन्त्री रामवहादुर थापाले संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको बाध्यतात्मक कदम भएको टिप्पणी गरेका छन् । सोमबार कालिकोटमा ओली पक्षले गरेको सभालाई सम्बोधन गर्दै बादलले यस्तो बताएका हुन् । उनले निर्वाचन आयोगको निर्णयले प्रधानमन्त्री ओली नेतृत्वको पार्टीलाई नै आधिकारिक मानेको पनि स्पष्ट पारे ।
उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने कुरा अदालतको निर्णय/फैसलामा भर पर्ने पनि सुनाए । उनले अदालतले फैसला दिन ढिलो गरे निर्वाचनको मिति वैशाख १७ र २७ बाट केही पर सर्नसक्ने पनि टिप्पणी गरे । उनले संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएकाले काम गर्ने अवस्था नभएकाले विघटन गरिएको दाबी गरे । उनले भने, ‘यो क्रान्तिकारी कदम हो । संसद् पुनर्स्थापना अहिले सम्भावना छैन, विघटित संसद् पुनर्स्थापना गरे राजतन्त्रको पुनर्स्थापना हुन्छ ।’