कैलाली, माघ १६ । सुदूरपश्चिममा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका ४ जनामा स्वास्थ्य समस्या देखिएको छ। बिहिबार कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा ४ स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो।
सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र डडेल्धुरामा अस्पतालमा खोप लगाएका ४ जना स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिएका उनीहरु उपचारपछि घर फर्किसकेको समेत उनले बताए।