Logo

विराटनगरमा नेकपाको बृहद् प्रदर्शन



विराटनगर, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘प्रचण्ड-नेपाल’ समुहले विराटनगरमा आज प्रतिनिधिसभा विघटनको विरोधमा बृहद् प्रदर्शन गर्दैछ । विराटनगरको जनआन्दोलन चोकमा हुने कार्यक्रमलाई सम्बोधन गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विराटनगर जाँदैछन् ।

सभामा सहभागी हुन नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनाल बिहीबार साँझ नै विराटनगर पुगिसकेका छन् । मध्यान्ह १२ बजेबाट हुने सभा अगाडि विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट जुलुस प्रदर्शन हुँदैछ ।प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्