काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । चितवनको भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको हो । सिटी हल निर्माणस्थलमा समाचार संकलनका लागि गएका करिब एक दर्जन पत्रकारलाई गेटमा बसेका सुरक्षाकर्मीले भित्र प्रवेश गर्न नदिई फिर्ता पठाएको रिपोर्टर्स क्लब नेपाल, चितवन शाखाका अध्यक्ष राजु चौधरीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती
प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने महानगरको चेतावनीपछि चितवनमा सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्री सहभागी हुने आजको चितवनको कार्यक्रमहरुको सुरक्षा व्यवस्था कडा बनाईएको छ । नेकपाको दाहाल–नेपाल समूहले विरोध गरेपछि सुरक्षा व्यवस्था कडा बनाईएको हो । भरतपुर महानगरले पनि ओलीको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको छ ।