काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज माईतीघर मण्डलासमा धर्ना कार्यक्रम गर्दैछ । प्रतिनिधिसभाच विघटनको असंवैधानिक घोषणा खारेजीको मागसहित दाहाल–नेपाल समूहले माइतीघरमा धर्ना दिने भएको हो । दाहाल–नेपाल समूहका नेता विष्णु रिजालले उत्त धर्ना कार्यक्रममा सरिक हुन अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल पनि सहभागी हुने जानकारी दिए । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन–‘प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेजीको मागसहित माइतीघरमा जारी धर्नामा आज १२ बजे नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदै हुनुहुन्छ ।’ File Photo/ReportersNepal