काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब केपी ओलीको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् । आज (आइतबार) माइृतीघरमा आफ्नो समूहले गरेको धर्ना कार्यक्रममा सहभागी हुँदै नेता खनालले मिडियासँगको कुराकानीमा ओलीको दिनगन्ती सुरु भएको बताएका हुन् । खनालले ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम सच्याएर छोड्ने पनि दाबी गरे । उनले प्रतिनिधिसभा पूनःस्थापना हुने पनि विश्वास दिलाए ।उनले भने,‘केपी ओली नेतृत्वको यो सरकार पाकेको फलझैँ झर्छ ।’ Photo By: Mukunda Kalikote/ReportersNepal