काठमाडौं, माघ १९ । म्यानमारको सत्तारुड पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी पक्राउ परेकी छन्। सो पार्टीका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उनी पक्राउ परेको जनाएको हो ।
म्यानमामा जननिर्वाचित सरकार र सैनिकबीच केही समयदेखि तनावा बढीरहेको अबस्थामा सेनाले सत्ता हातमा लिन यो कदम चालिएको हुन सक्ने अनुमान गरिएको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टीले सरकार गठनका लागि पर्याप्त मत प्राप्त गरेको भए पनि सेनाले भने सो जितलाई अस्वीकार गर्दै नक्कली भनेको थियो । म्यानमामा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको र उनलाई लामो समयदेखि घरमै बन्दी बनाइएको थियो ।