काठमाडौँ १९ माघ। आफ्नै पार्टिका अध्यक्षको बेइमानीका कारण विरोधमा उत्रिनु परेको सुदुरपश्चिम प्रदेश कमिटी सदस्य शिव ओलीले बताएका छन् । प्रधानमन्त्री के पी शर्मा ओलीले निर्वाचन गराउनु भन्दा पनि देशलाई अस्थिरता तीर धकेल्न,पद लम्ब्याउन संसद विघटन गरेको उनले आरोप लगाएका हुन् ।
उनले पार्टि फुटको असर कार्यक्रताहरुमा परेको बताएका थिए। फुटको पछि लाग्न आफूहरुलाई रहर त नभएको तर प्रधानमन्त्रीले सविंधान विपरित काम गरेकोले बाध्य भएर उनको विपक्षमा लग्नु परेको समेत उनले बताए।
नेतृत्वकर्ताले तुच्छ भाषामा एक अर्कालाई गाली नगर्न समेत उनले आग्रह गरे ।
अहिलेको अवस्थाले यूवा राजनितिज्ञको भविष्य अन्धकार तिर जान सक्ने चिन्ता व्यक्त गरे । नेकपाले १७ गते धनगढीमा गरेको विशाल जन सभामा व्यापक जन सहभागिता भएकोले प्रतिगमनको विरोधमा जनता उपस्थित हुने सकेंत देखिएको जानकारी समेत दिए । यस्तै उनले कार्यक्रताको दवावले नेतृत्वले पश्चाताप गरी चाडै पार्टि एकता गर्ने विस्वास व्यक्त गरेका थिए ।-File Photo