Logo

युद्ध भन्दा शान्ति कठिनः तालीवानी अधिकारी



एजेन्सी, १९ माघ । तालीवानी समूहका अधिकारी शेर मोहम्मद अब्बासले युद्ध भन्दा शान्ति स्थापना गर्न कठिन रहेको बताएका छन् । उनले बीबीसीसंगको अन्तरवार्तामा यस्तो बताएका हुन् ।

उनी अफ्गानिस्तानमा भइरहेको द्धन्द्धलाई शान्तिमा परिनत गर्न निरन्तर अमेरिकासंग छलफलको क्रममा समेत रहेका छन् । उनी तत्काल कतारस्थित रहेको तालीवानी समूहको उच्च नेताको रुपमा कार्यरत छन् । शेरको भनाईलाई बीबीसीले उदृत गर्दै भनेको छ, ‘आफ्गानिस्तान जारी युद्ध छिट्टै अन्त्य हुन्छ ।’ विगत चार दशक देखि अफगानिस्तानमा चलिरहेको द्धन्द्धलाई अन्त्य गर्न शान्ति स्थापना गर्न जरुरी रहेको अन्तरवार्तामा बताएका थिए । जारी द्वन्द्व रातभरीमा अन्त्य हुन नसक्ने र शन्ति स्थापना गर्न केही समय लाग्ने समेत जिकिर गरे । तालीवान युद्व अन्त्य गर्न तत्पर रहेको अफगानी सरकारले तुरुन्तै छलफल गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

अफगानिस्तानका थुप्रै नागरिकले आफ्नो परिवार गुमाएको प्रश्नको जवाफमा तालीवानी अधिकारीले भने,‘ संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय मिडिया स्वतन्त्र तरिकाले काम नगरेको कारण हाममिाथि सम्पूर्ण आरोप लगाइएको हो । हामीविरुद्व गलत प्रचार भइरहेको छ ।’ संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्ट हाम्रो सहमति नरहेको समेत उनले बताए । उनको भनाइलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘द्वन्द्वको क्रममा केही नागरिकलाई क्षती पुगेको छ । तर, सम्पूर्ण हिंसाको जिम्मबारी हामीले लिन सक्दैनौँ ।’-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्