Logo

माघ २३ गतेको सभामा ओलीले गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा केही पनि नबोल्ने



काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले यही माघ २३ गते काठमाडौंमा बृहत्त जनसभाको आयोजना गर्दैछ । उक्त सभामा लाखौं मानिस उतार्ने ओली पक्षको दाबी छ । उक्त पक्षको भेलाको भेन्यु भने नारायणहिटी दरबार चयन गरिएसँगै राजनीतिक बृत्तमा अब प्रधानमन्त्री ओलीले हिन्दूराष्ट्र घोषणा गर्छन् भन्ने चर्चा तथा परिचर्चा चल्न सुरु भएको छ ।

िहजोमात्रै प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपालले काठमाडौंको माईतीघरमा गरेको धर्ना कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नेता सुरेन्द्र पाण्डेले माघ २३ गतेको सभामा ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने तयारी गरेको चर्चा चलेको सुनाएका थिए । उनले त्यतिमात्रै नभएर ओलीको सभामा राजावादीहरु र पश्चगामीहरुको सहभागिता हुने पनि दाबी गरेका थिए ।

ओलीले फाल्लान् हिन्दुराष्ट्रको कार्ड ?

तर, बाहिर चर्चा भएको विषयमा कुनै सत्यता नभएको ओली पक्षधर नेता सुवासचन्द्र नेम्वाङको स्पष्टोक्ति छ । उनले माघ २३ गतेको सभामा ओलीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोधमा केही पनि नबोल्ने दाबी गरे । गत सोमबार प्रधानमन्त्री ओली संकल्प पूजाको लागि पशुपतिनाथ मन्दिर गएपछि हिन्दूराष्ट्रको पूनःस्थापना हल्ला चलेको हो ।

ओली-प्रचण्डबीच ‘विदेशीको इशारामा चलेको’ अरोप-प्रत्यारोप

ओलीले आजमात्रै पनि धनुषाको ढल्केवरको एक कार्यक्रममा निर्धारित मितिमै चुनाव हुने भन्दै त्यसको तयारीमा जुट्न आफू पक्षधर नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिसकेका छन् । यता, नेम्वाङले पनि तोकिएकै मितिमा निर्वाचन हुने भन्दै निर्वाचन एक दिन पनि पर नसर्ने दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्