Logo

झाँक्रीले भनिन्–’दुई जना मिलेर संविधानलाई कागजको खोष्टो बनाए’



काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपालको संविधानलाई कागजको खोष्टो बनाएको आरोप लगाएकी छिन् । आफूले जिम्मेवारीताका साथ यो कुरा भनेको पनि उनले दाबी गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्-“दुनियाँ यहि समयको पर्खाईमा थियो: मैले नै बास्तविकता भनिदिउँ.. भने, जिम्मेवारीसाथ भनेको छु। पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब? दुईजना मिलेर संबिधानलाई कागजको खोष्टो बनाए।हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र?” file photo



प्रतिक्रिया दिनुहोस्