Logo

दाहाल-नेपालको आमहड्तालको प्रभावकारिता नभएको भन्दै बालुवाटार खुशी !



काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्ष दाहाल–नेपाल पक्षको आजको आमहड्ताल खासै प्रभावकारी नभएको भन्दै खुशी भएको छ । आजको बन्दमा जनताले दाहाल–नेपाललाई साथ नदिएको बालुवाटारको निश्कर्ष रहेको छ । जनताले बन्द तथा हड्तालको भद्र अवज्ञा गरेको ओली पक्षको बुझाई छ ।

जनस्तरबाट समेत आम हड्तालको चर्को विरोध भएको छ । बन्दकर्ताहरुले देशका विभिन्न ठाउँमा तोडफोड तथा आगजानी गरेका छन् । आम हड्ताल सफल तुल्याउन उक्त समुहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल पनि सडकमा उत्रिएका थिए ।  सातदोबाटो र पुलचोकमा दाहाल आँफै पुगेका थिए । त्यहाँ दाहालले संक्षिप्त सम्बोधन गरेका थिए ।

Related News:

आम हड्तालमा उत्रिएकाहरु चाउचाउ खाँदै (फोटोफिचर) 

प्रचण्ड कहिले दालमोठ चिउरामा त कहिले मासु भुट्दै  

आम हड्ताल सफल पार्न नेकपा शीर्ष नेताहरु एकाबिहानै सडकमा उत्रिए (फोटोफिचर)

सम्बोधनको क्रममा दाहालले आफूहरुको आन्दोलनलाई जनआन्दोलनको संज्ञा दिएका थिए भने भोलि ओलीले गर्ने सभालाई पञ्चर्यालीको संज्ञा दिएका थिए । ओली पक्षधर एक नेताले रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त कुरा गर्दै आजको दाहाल–नेपालको बन्द, हड्तालमा खासै जनताले साथ नदिएकोमा बालुवाटार खुशी रहेको सुनाए ।  FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्