Logo

अख्तियार प्रमुख राईले यी चार पूर्व प्रधानमन्त्रीलाई पत्र काट्लान् ?



काठमाडौं, २३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व गृहसचिव प्रेमकुमार राईको नियुक्ति पछि धेरैको चासो अबको उनको कदमतर्फ गएको छ । चतुर प्रशासकको परिचय बनाएका राई प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छन् ।

ओलीले राईलाई गृह सचिव बनाएलगत्तै भविष्यमा अख्तियारमा लानसक्ने सम्भावना औल्याइएको थियो । नभन्दै राई अख्तियारमा प्रमुख आयुक्तकै रुपमा नियुक्त गरिए । अब उनले लडाकुको क्यान्टनमेन्टको अनियमितताको विषय देखि ललिता निवास प्रकरणको फाइल खोल्ने अनुमान गर्न थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ललिता निवास प्रकरण र क्यान्टनमेन्टको अनियमितता भएको भनिएको प्रकरणमा निकै चासो छ । क्यानटनमेन्टको आर्थिक मामलामा तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड जोडिएका छन् । उनलाई नै यसबारे छानविनका लागि पत्र पठाउन राईले साहस देखाउलान् कि नदेखाउलान् ? चासोको विषय रहेको छ ।

 

यसैगरी, ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईलाई पनि जोडिएको थियो । उनीहरुलाई छानविनको दायरामा भने विगतमा ल्याइएको थिएन । तर, राई आएपछि ललिता निवास प्रकरणको फाइल फेरि खुल्ने र छानविन हुने सम्भावना बढेको छ । उक्त प्रकरण हुँदा प्रधानमन्त्री भएकालाई समेत पत्र काटेर डाक्न राईले कदम चाल्ने हुन् या होइनन् ? यो चासोको विषय बनेको छ ।

 



प्रतिक्रिया दिनुहोस्