Logo

रुसी एपीभ्याक खोपले एक वर्ष सम्म प्रतिरक्षाको विकास गर्ने



एजेन्सी, २३ माघ । रुसद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई एक वर्ष सम्म विकास गर्ने छ । यस विषयको जानकारी खोप कम्पनीले दिएको हो ।

रिसर्च सेन्टरका प्रमुख तात्याना नेपोम्नायश्चिखको भनाइलाई रुसी सञ्चार माध्यम तासले उदृत गर्दै लेखेको छ,‘हामी आशा गर्दछौँ कि एपीभ्याक कोरोनाले मानिसको प्रतिरक्षा प्रणालीलाई एक वर्षसम्म सुरक्षीत राख्ने छ ।’

कम्पनीले एपीभ्याक कोरोनाले रुसी स्वास्थ्य मन्त्रालयबाट परिक्षणको लागि गत वर्षको जूलाई २४ मा मान्यता पाएको थियो । उक्त खोपको क्लीनीकल ट्रायल ३० सेप्टेम्बरमा समाप्त भएको थियो । खोपको पोस्ट रेजिस्ट्रेशनका लागि नोभेम्बर १६ मा रुसी रुवास्थ्य मन्त्रालयले अनुमति दिएको थियो ।

खोपको ट्रायल ६० वर्ष भन्दा माथि उमेरकालाई लगाइएको थियो । नोभेम्बर १८ मा १८ देखि ६० वर्ष उमेर भएको तीन हजार मानिसहरुले खोप लगाएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्