काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी अगाडि उभिएर संघीयता र गणतन्त्रको पक्षमा अडिग रहने स्पष्ट पारे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आफू सधैं लडिरहने बताए ।
आफूले लोकतान्त्रिक गणतन्त्रका लागि लामो समययता लडेको स्मरण गराउँदै कसैको भ्रममा नपर्न भने । ओलीले संघीयता र गणतन्त्रको पक्षमा नारायणहिटी अगाडि उभिएर स्पष्ट पारेपनि धर्मको विषयमा केही बोलेनन् ।
बोल्दाबोल्दै प्रधानमन्त्री ओलीको आँखाभरी आँसु
आजको सभामा ओली निकै संयमित देखिए । उनले विगतमा जस्तो आध्यात्मिक विषयवस्तुबारे केही बोलेनन् । ओलीले हिन्दुराष्ट्र स्थापनाको मुद्दा उठाउन खोजेको विषय उठिरहँदा आज पनि सभामा यसबारे केही स्पष्ट पारेनन् । उनले आफू धर्मनीरपेक्षताको पक्षमै रहेको अभिव्यक्ति समेत दिएनन् । उनले घुमाउरो भाषामा भने,‘हेर्दै जाऔं के के हुन्छ ।’
गणतन्त्रलाई कसैले केही गर्छु भनेर नसोचे पनि हुन्छ स् प्रधानमन्त्री ओली (भिडिओसहित)
वैशाखमा चुनाव गर्ने दृढता व्यक्त गरे । उनले भनेः चुनाव चुनाव चुनाव । तर, चुनावमा ओलीको राजनीतिक एजेन्डा आज पनि प्रष्ट भएन ।
देशभित्र र बाहिर ओलीले धर्मबारे के भन्छन् भन्ने चासो बढेको छ । उनले पशुपतिनाथमा संकल्प पूजा गरिसकेका छन् । चितवनको अयोध्यापुरीमा राम मन्दिर शिलान्यास गर्ने बताइसकेका छन् । उनको हिन्दु धर्मबारेको अभिव्यक्तिबारे चासो बढेको छ । तर, ओलीले धर्मास्त्र प्रयोग गर्ने नगर्ने अझै स्पष्ट भएको छैन ।
ओलीको आँखामा अचानक आँसु (फोटोफिचर)