काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब जनताले जित्नेगरि वातावरण सकारात्मक बनेको स्पष्ट पारेका छन् । उनले आफूहरुले प्रधानमन्त्री ओलीको प्रतिगमनको विरुद्धमा पुष ५ गतेबाटै सडकमा गएको सुनाए । उनले अरु साथीहरुलाई सडकमा आउनुहोस भनेर पर्खेर नबसेको स्मरण गराए ।
https://www.facebook.com/prachanda.nepal/videos/973428543194381
आज एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘वातावरण विस्तारै सकारात्मक बन्दै गएको छ । मैले अहिले सबै आँकडा त यहाँ भन्न मिल्दैन् । र, सम्भवपनि छैन् । अब जनताले जित्नेगरि वातावरण बनेको छ । फेरि प्रतिक्रान्तिहरुले हार्ने दिशातिर अघि बढेको छ । पर्सी २८ गतेको कार्यक्रम हामीले ऐतिहासिक रुपमा सफल पार्नुछ । तपाईँहरु अहिले काठमाडौंमा हुनुहुन्छ, यहाँहरुले पर्सीको कार्यक्रमको लागि बढिभन्दा बढि जनतालाई उठाउने, किनभने केपी ओली चाहीँ अब रक्षात्मक हुनेतिर गैसक्यो । उनीहरुको अब डिफेन्सिभ हुनेतिर गैसके, उनीहरुले धाकधक्कु त धेरै लगाए, तर, छिरलेर मान्छे राख्दा पनि उनकै सेक्युरिटीले ३० हजारदेखि ३५ हजारभन्दा बढि थिएनन् भनिदिएपछि उनीहरुबीच आँफै आँफैबीच गाली गरागर भएको पनि मैले देखेको छु ।’ Photo : Mukunda Kalikote/RN