काठमाडौँ, २७ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले माघ २८ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भिडियोमार्फत् प्रदर्शनमा सहभागी हुन अपील गरेका हुन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते राजधानीमा विशाल प्रदर्शन गर्न लागेको जनाइएको छ । पार्टीको दुई समूहले आ-आफ्नो पक्षका प्रदर्शन र सभालाई निरन्तरता दिंदै आएका हुन् ।-File Photo