काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामुकमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको छ। उनलाइृ पक्राउ गर्न सयौंको संख्यामा प्रहरी घरमा पुगिसकेका छन् । झाँक्रीका समथर्कहरुले प्रहरी हस्तक्षेप मुर्दावाद, खड्गे चोर देश छोड, केपी ओली मुर्दावाद, विद्या भण्डारी मुर्दावादको नारा लगाएका छन् । यता, नेकपा दाहाल–नेपाल समूहका नेताहरुले पनि झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा विरोध गरेका छन् ।
रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी
रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त
नेता योगेश कुमार भट्टराईले झाँक्रीलाइृ गिरफ्तार गर्न आदेश दिने राष्ट्रपति विद्यादेवी भण्डारीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने टिप्पणी गरेका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–”रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने भए । राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।”
प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो
रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश !
प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित)
झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा