Logo

कोरोनाबाट आज ५ जनाको मृत्यु



काठमाडौं, २९ माघ । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२४ घन्टामा नयाँ संक्रमित ८१ थपिएका छन् ।

आज १११ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७२ हजार ४ सय ३० संक्रमित भएपनि २ लाख ६८ हजार ६ सय ६० जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १७ सय १८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्