१ फागुन : मोगादिशुको एउटा प्रमुख सडकको सुरक्षा चौकीनजिकै शनिबार भएको कारबम विस्फोटनमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ घाइते भएका सुरक्षा अधिकारी र प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।
प्रहरीको गाडीलाई पछ्याएर उक्त विस्फोट गराएको सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले बताएका छन् । हालसम्म प्राप्त समाचारअनुसार तीन जना नागरिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले एएफपी समाचार समितिलाई बताएका छन् ।
प्रहरीको गाडीलाई पछ्याएर गोली हानेको हुनाले धेरै मानिसलाई सडकबाट टाढा भाग्न मद्दत पुगेको र विस्फोटनको कारण हुने मृत्युको संख्या कम भएको पनि मोहम्मदले थप जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीले गोलीबारीको आवाज सुनेका बताएका थिए । ‘विस्फोटन आवाज ठूलो थियो, म एक पसलभित्रे थिए ’ प्रत्यक्षदर्शीले बताएका छन् ।-एएफपी/Photo : Agency