पोखरा, १ फागुन । गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । आज (शनिबार) भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।
पोखरा रंगशालामा निकै रोमान्चक बनेको फाइनलमा पहिलो सेट गण्डकीले २५-२२ ले जितेको थियो । दोस्रो सेट २५-२१ ले जित्दै आर्मी खेलमा फर्कियो । तेस्रो सेटमा गण्डकीले ३२-३० को जित निकाल्दै २-१ को अग्रता बनायो । तर, चौंथो सेट आर्मीले २५-२३ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।पाँचौं सेटमा १५-११ को जित निकाल्दै गण्डकीले उपाधि आफ्नो बनायो ।
उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो ।-File Photo