Logo

सातवटै प्रदेशमा वीपी कोइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी



काठमाडौं, २ फागुन । वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपाल नामक संस्था स्थापना भएको छ । समाजसेवी तथा राजनीतिज्ञ इन्दिरा थापाको नेतृत्वमा संस्था स्थापना भएको हो । राजनीति तथा सामाजिक क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील थापा गिरिजाप्रसाद कोइराला फाउन्डेसन प्रदेश नं १ को पूर्बसंयोजक, राष्ट्रिय महिला फुटबलको क्याप्टेन समेत रहनुभएका थापा, राष्ट्रिय खेलकुद परिषदको पूर्वसदस्य रुपमा समेत आफ्नो भूमिका निभाएकी छिन् ।

केयर वूमन नेपालको अध्यक्ष थापा नेपाली कांग्रेस धनकुटा को क्षेत्रीय सभापति तथा महासमिति सदस्यसमेत हुनुहन्छ । थापाको नेतृत्वमा स्थापित उक्त संस्थाको महासचिवमा डा। तुल्सी गौतम , सदस्यहरुमा प्राडा। जीवराज पोखरेल, डा। जयबहादुर टण्डन , डा। राजकुमार राई, वरिष्ठ अधिवक्ता सिताराम केसी र हरि प्रसाद ढुङ्गाना रहेका छन् । उक्त संस्था गैरनाफामूलक संस्थाकारूपमा कम्पनी रजिस्ट्रार कार्यालय काठमाण्डौमा केहिदिन अघि दर्ता गरिएको हो ।

उक्त कार्य समितिको काठमाडौंमा शनिबार सम्पन्न बैठकले सातवटै प्रदेशमा वीपी कोइराला प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको छ । संस्थाकी अध्यक्ष इन्दिरा थापाकोको अध्यक्षतामा बसेको बैठकले वीपी सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अध्ययन अनुसन्धान गर्ने , पुस्तक प्रकाशन गर्ने ,संग्रालय बनाउने र वीपी समाजवाद सम्बन्धी नीति र विचारलाई गाउँसम्म पुर्याउने निर्णय गरेको छ । बिपी सम्बन्धी सम्बन्धी बिचार र नीति मुलुकालागि अझै अपरिहार्य रहेको हुँदा संस्थागत पहलबाट त्यसलाइ अघि बढाउन संस्था स्थापना गरिएको संस्थाकी अध्यक्ष थापाले बताइन् ।



प्रतिक्रिया दिनुहोस्