Logo

मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक छ : कमल थापा



काठमाडौँ, ३ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक भएको जनाएका छन् । आज (सोमबार) सामाजिक संजालमार्फत अध्यक्ष थापाले नेपाली समाज सनातन मूल्य, मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको उल्लेख गरेका छन्।

थापाले कोही कसैसँग डराउन नपरेपछी नेपालमा भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको बताए । संगठन सुदृढीकरण अभियानलाई केन्द्रमा राखि जनताको माझमा जानुपर्ने अवश्यकता औल्याए । नेपाल र नेपालीको हितमा राजासहितको प्रजातन्त्र नै अवश्यक रहेको अध्यक्ष थापाले निरन्तर भन्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस्