काठमाडौँ, ३ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक भएको जनाएका छन् । आज (सोमबार) सामाजिक संजालमार्फत अध्यक्ष थापाले नेपाली समाज सनातन मूल्य, मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको उल्लेख गरेका छन्।
थापाले कोही कसैसँग डराउन नपरेपछी नेपालमा भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको बताए । संगठन सुदृढीकरण अभियानलाई केन्द्रमा राखि जनताको माझमा जानुपर्ने अवश्यकता औल्याए । नेपाल र नेपालीको हितमा राजासहितको प्रजातन्त्र नै अवश्यक रहेको अध्यक्ष थापाले निरन्तर भन्दै आएका छन्।
-नेपालि समाज सनातन मूल्य,मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको छ।
-मुलुकको स्वाधिनता जोगाउन राजा सहितको प्रजातन्त्र आबश्यक।
-कोहि कसैसँग डराउन नपरेपछी भ्रष्टाचार,ब्यभिचार र मनपरितन्त्र बढ्यो।
-संगठन सुदृढीकरण अभियानलाई केन्द्रमा राखि जनताको माझमा जानुपर्छ।
कमल थापा
#हेटौडा_७ pic.twitter.com/oYdAAzDgzq— Rajaram Bartaula (@rrbartaula) February 15, 2021