Logo

निर्वाचन आयोगप्रति देउवाको शंका, निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न माग



भैरहवा, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका छन् ्। उनले आफूहरु निर्वाचन कार्यतालिकाको पखाईमा रहेको बताए । उनले भने,‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन? चुनाव नगराउने हो भने भन्नुप¥यो चुनाव गराउँदिनँ भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन। कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ ।’

आज भैरहवामा पार्टीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अघि भने,‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन?, सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन? अदालतको निर्णय पर्खने काम आयोगको होइन। अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के विग्रन्छ। आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुप¥यो। समयमै चुनाव गराउँछु भनेर बोलेकै छैन, किन केही बोल्दैन?’



प्रतिक्रिया दिनुहोस्