काठमाडौं, ५ फागुन । नायिका तथा व्यवसायी स्वेता खड्का पछिल्लो समय विवादमा आउन थालेकी छिन् । सिन्धुपाल्चोकमा निर्माणाधिन माझी वस्तीको लागि सहयोगीहरुले रकम उपलब्ध नगराएको भनेर सामाजिक सञ्जालमा गुनासो पोखेपछि उनका फ्यान उनीविरुद्ध नै खनिएका थिए । खासगरी, विहे पार्टीमा करोडौं खर्च गर्न सक्ने तर माझी वस्ती निर्माणको लागि भने अरुसँग सहयोग याचना गरेको भन्दै उनको चौतर्फी आलोचना भएको छ ।
स्वेताको ढोंगी जीवन, आफू करोडौंको पार्टी गर्ने अनि निर्माणाधिन माझी बस्तीको लागि सहयोग याचना !
हुन त उनले विभिन्न व्यवसाय गर्दै आएको बताईएको छ । श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेपछि उनीहरुले संयुक्त रुपमा व्यवसाय पनि सञ्चालन गरेका खबर त्यतिवेला सार्वजनिक भएका थिए । स्वेताको निर्माणसम्बन्धी कम्पनी रहेको बताईएको छ । उनको जीवनशैली अर्बपतिको भन्दा कम छैन् । करोडौंको गाडी चढ्ने गर्छिन् । श्रीकृष्णको निधनपछि कसैसँग विहे नगर्ने घोषणा गरेर फ्यानको सहानुभूति बटुलेकी स्वेताले हालै धनगढीका विज्येन्द्र सिंहसँग विवाह गरिन् ।
प्रधानमन्त्री ओली भेट्दा स्वेता खड्का दंग, भिन्नै जाँगर थपिएको विश्वास
उनको विहे करोडौं खर्चिएर भएको थियो । काठमाडौं र धनगढीमा उनले भव्य विहे भोजको आयोजना गरिन् । हालै, काठमाडौंको एक रेष्टुरेन्टमा नायिका सुष्मा कार्कीसँगको विवादमा समेत उनको नाम मुछिएको थियो । पछिल्लो समय स्वेताले अकुत सम्पत्ति आर्जन गरेको भन्नेपनि हल्ला चलेको छ। स्वेताले घरजग्गासम्बन्धी लगानी गरेको पनि बताईएको छ ।सम्पत्ति शुद्धिकरणले उनको सम्पत्ति छानबिनसमेत गर्ने तयारी गरेको सूत्रले जनाएको छ ।