Logo

आज पनि संवैधानिक इजलासमा एमिकस क्युरीको बहस



काठमाडौं, ६ फागुन । एमिकस क्युरीले आज पनि संसद् विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । मंगलबारबाट शुरु एमिकस क्युरीको बहस आज पनि हुने भएको हो ।

पहिलो दिन बद्रिबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए। यी दुबैको राय बाझिएको थियो ।

आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् । एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ । एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । संसद् विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्