Logo

तनहुँमा कोरोना विरुद्धको खोप लगाउने २२ सय पुग्यो



दमौली, ६ फागुन: कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या दुई हजार २०८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कूल लक्ष्यको ६७ प्रतिशतले बुधबारसम्म खोप लगाएका छन् । जिल्लामा तीन हजार दुई सय ८० जनालाई खोप लगाउनेको लक्ष्य थियो ।

कार्यालयका खोप अधिकारी वीरेन्द्रकुमार चौधरीले २३५ ले खोप लगाएको जानकारी दिए । मङ्गलबारसम्म जिल्लामा एक हजार ९७३ जनाले खोप लगाएका थिए । छुटेकालाई बुधबार दमौली खोप केन्द्रबाट सेवा प्रवाह गरिएको थियो ।

जिल्लामा पहिलो चरणमा छुट भएका ९८, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि÷कर्मचारी ७५२, निजामति कर्मचारी तीन सय पाँच, जनपद प्रहरी २२०, सशस्त्र प्रहरी १३, बैँक तथा वित्तीय समूहका चार सय ५७, प्राधिकरण र संंस्थानका कर्मचारी दुई सय ५०, न्याय सेवाका ३२ र ८१ सञ्चारकर्मीले खोप लगाएको कार्यालयले जनाएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्