Logo

राजसंस्था र हिन्दूराष्ट्र नेपाल पूनःस्थापनाको लागि फागुन ८ गते काठमाडौंमा विशाल जनप्रदर्शन हुने (भिडिओसहित)



काठमाडौं, ६ फागुन । उपत्यकावासी नेपाली जनताले राजसंस्था र हिन्दुराष्ट्र नेपाल पूनःस्थापनाको लागि यही फागुन ८ गते माइतीघर मण्डलामा विहान ११ बजे विशाल जनप्रदर्शन गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराईएको हो । उक्त कार्यक्रममा शिबसेना नेपाल सह (अध्यक्ष दिनेश कँडेल, पूनर्उत्थानवादी शक्तिका अध्यक्ष शेखरजङ्ग रायमाझी, शिवसेना नेपालकी सचिव सिर्जना वाग्ले, शिवसेना नेपाल मजदुर बिभाग अध्यक्ष मनोज सापकोटा, हिन्दु अभियन्ता चिरण वीर प्रताप खड्का, गुरु श्रीनिवास आचार्य लगायतले फागुन ८ गते गरिने जनप्रदर्शनको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै चीरन वीर प्रताप खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनतामाथि ठूलो घात गरेको टिप्पणी गरे । उनले भने,‘उच्छृंखल राजनीतिले गर्दा हामी आज आन्दोलनमा होम्मिन बाध्य भएका छौं । यो व्यवस्थाले गर्दा जनताले दुःख र कष्ट व्यहोर्नुपरेको छ । जनताको नाममा आज आन्दोलन गर्नुपर्ने बेला आएको छ। यो देश राजाले बचाएका हुन्, त्यसकारणले अब देशमा राजाको खाँचो भएको छ । देश र जनतालाई निकास दिन पार्टीबाट बाहिर निस्केर राष्ट्रिय झण्डा मुनि आएर फागुन ०८ गते माईतीघर मण्डलामा ११ः३० बजे आउन अनुरोध गर्दछु।’

त्यस्तै, दिनेश कँडेलले प्रेस विज्ञप्ती वाचन गर्दै मुलुकको राजनीतिक अवस्था कष्टकर स्थितिमा गुज्रेको सुनाए । उनले भने,‘संसद विघटन गरेर नेपाली जनताको संबिधान च्यातियो । अब हामीहरुलाई यो संविधान र व्यवस्था नै मान्य छैन । मुलुक र जनतालाई अहिले अधिनायकवादको बन्दी बनाईएको छ । फागुन ८ गते जनआन्दोलन गर्दैछौ । सबै जनालाई उपस्थित् भईदिन अनुरोध गर्दछु।’

उनले आफूहरुले अब संघिय लोकतान्त्रिक गणतन्त्र फालेर राजतन्त्र पूनःस्थापना गर्ने पनि घोषणा गरे । उनले भने,‘यो संबिधानलाई फालेर ०४७ सालको संबिधान पूनःस्थापना गर्नुपर्छ । यो आन्दोलनले संघीय गणतन्त्रको जग हल्लाउने छ। त्यो आन्दोलनले धर्मयुद्धको खाका कोर्नेछ।’

त्यस्तै, कार्यक्रममा बोल्दै सिर्जना वाग्लेले संविधान र धर्मनिरिपेक्षता नेपाल र नेपालीको हितमा नभएको स्पष्ट पारिन् ।  उनले अहिले देशको शासन सत्तामा बसेका शासकहरु देश सिध्याउन लागिपरेको पनि आरोप लगाईन् । उनले भनिन्–‘चुनाव आउँदामात्र नेताका लागि जनता हुन्छन्, जब उनीहरु सत्तामा पुग्छन् अनि जनता बिर्सन्छन् । उनीहरुको आन्दोलन सत्ता र पदका लागि मात्र भए । राजसंस्था रहेनभने यो मुलुक रहने छैन।’

अर्का वक्ता शेखरजङ्ग रायमाझीले नेपाल आफूहरुको पुर्खा राजाले आर्जेको देश भएको सुनाउँदै अहिलेका नेताहरुले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको टिप्पणी गरे । उनले भने,‘नेपाल हिजो हाम्रो पुर्खा राजाले आर्जेको देश हो। यहाँ त आज हाम्रा नेताले देश र जनतालाई झुक्काईरहेका छन् । आज देशमा दुर्भाग्यपुर्ण अवस्था छ । यो जनप्रदर्शन केपी ओली र प्रचण्डले भाडामा ल्याएका टट्टुजस्तो होईन, यी दलाललाई टँुडिखेलमा ल्याएर झुन्डाउनुपर्छ। अब सडकबाट जवाफ दिनुपर्छ यी दलालहरुलाई।’

त्यस्तै, हिन्दू अभियन्ता अभिषेक जोशीले नेपालमा एनजिओ र आईएनजिओको नाममा राजनीति गर्नेहरु रहेको सुनाउँदै अब सबै नेपाली जनता सचेत भएर अघि बढ्नुपर्ने बताए ।  उनले भने,‘हाम्रो धर्म, संस्कृति हाम्रो बाधा हुन भनेर भ्रम छर्ने काम भैरहेको छ, कतिपय आईएनजिओ÷एनजिओ र अभियन्ताका नाममा राजनीति गर्ने व्यक्तिहरु छन् । केही मिडिया संस्कृति राम्रो भन्दा पनि नराम्रो नै हुन भनेर लेखिरहेका छन् । डोनर एजेन्सीहरुले भनेका आधारमा नेताहरुले हाम्रो धर्म र संस्कृतिको मूल्य र मान्यता घटाएका छन् ।’

उनले जसले यो संबिधान बनाएको हो आज उसैलाई यो संबिधान अपाच्य भैसकेको पनि टिप्पणी गरे । उनले भने,‘अधिकारको नाममा लडाउने काम भएको छ यहाँ । राजनितिक दल नैतिकतामा बस्नुपर्यो । देश विकास किन हुँदैन त ? यो त नेताहरुको अकर्मण्यताको कारण हो । पार्टी त परै जाउन, यहाँ नेताहरु पनि फेरिएका छैनन् ।’
त्यस्तै, श्रीनिवास आचार्यले फागुन ८ गतेको कार्यक्रम आन्दोलन भन्दा जनप्रदर्शन हुने टिप्पणी गरे । उनले भने,‘विदेशीले बोकाईदिएको संबिधान, लोकतन्त्र र गणतन्त्रको हालत देखिँदै छ । राजसंस्था पूनःस्थापना भएन भने नेपाल सिक्किमजस्तो हुनेछ । नेताहरु अहिले प्रधानमन्त्री पदको लागि रातदिन लडिरहेका छ्न्। १७ हजार मारेर कुर्सीका लागि तानातान गरेका छन् । अब राजा अभिभावक बनेर देश चलाउनुपर्छ ।’ जनताको रगत र पसिना सोसेर आफ्नो पार्टी र पद सेक्नका लागि नेता लागिपरेको उनको आरोप छ । ‘अब युवा जाग्ने बेला आएको छ, जनआन्दोलन हुनुपर्छ ।’

प्रेस विज्ञप्ती

उपस्थित राष्ट्रको चौथो अंग संचारकर्मी, विभिन्न संघ । संगठनका प्रतिनिधि ज्यू, भद्रमहिला तथा सज्जनवृन्द । देशभक्ती पुर्ण अविभादन व्यक्त गर्दछौ । पृथ्वीनारायण शाहको दिव्य उपदेशमा भनिएको छ विराज वखतीलाई काजि वनाउने मेरो इच्छा थियो जनताले कालु पाँडे रोजे त्यसैले कालुलाई काजि बनाए प्रस्तुत व्याक्यांश नेपालका शार्हवशीय राजाको लोकसम्भती प्रतीको निष्ठा लाई प्रतिविम्वित गर्न काफिा छ । पृथ्वीनारायणका उत्तराधिारी राजा ज्ञानेन्द्रले पनि लोकसम्मति र जनभावना कदर गर्दै वि.स. २०६५ सालमा जनताको नाशो जनतालाई हस्तान्तरण गरि आम नागरिक सरहको जिवनयापन गर्दै पूर्खाले आर्जेको राज्य, शासनसत्ता र शासकिय अधिकार जनतालाई हस्तान्तरण गरेको आज १४ बर्ष पुग्न लागिसक्यो ।

विगतका १४ बर्ष जनताले चाहेको, जनाताले मागेको, जनता द्धारा जनता माथि शासन गरेको नेपाल र नेपाली जनताको अमूल्य समय हो । यहि १४ वर्षमा संसारका थुप्र्रैदेशले उन्नती. प्रगति गरे र हामी भन्दा कमजोर देश हामीभन्दा अव्वल बने । हामीले सुनौला १४ वर्ष संविधान वनाउने नाममा सदियौं देखिको भाषिक, धार्मिक, सास्कृतिक, लैङ्गिक, क्षेत्रिय एकता भत्काउने काम मा खर्च ग¥यो । नेपाली –नेपाली लाई लडाउने, जुधाउने र त्यसैको अन्तरकुन्तर बाट आफ्नो सत्ता टिकाउने अभिष्ट पुरागर्ने राष्ट्रिय स्वाभिमानलाई अन्तरराष्ट्रिय वजारमा लिलाम गराउने, घरको धुरि पोलेर आफ्नो रोटी सेक्ने यि हामीले देखे भोगेको यर्थाथ हो ।

स्थिरताको लागि भएको निर्वाचन, निर्वाचन पस्चात वनेको वलियो सरकार, संविधानको कार्यन्वयनमा भएका यसको गलत प्रयोग र त्यसको परिणाम तपाई हामी विच ताजै छ, हामी भोग्दैछौं । वि.स. २०४६ को आन्दोलन वि.स. २०४७ आन्दोलनकारी दलको अगुवाईमा वनेको संविधान पर्याप्त भएन भनेर यसको सम्पूर्ण समस्या सम्वोधन गरेर निर्माण गरिएको वि.स.२०७२ को संविधान, निर्माणको ५ वर्ष पनि टिक्न सकेन । वि.सं. २००४ देखि वि.स. २०७२ सम्म हामीले थुप्रै पद्धति, प्रणाली, राज्य व्यवस्था र संविधानको प्रयोग ग¥यो । हामिले सधै हाम्रो सांस्कृतिक मान्यता, धर्म–संस्कार र राजालाई अग्रगमनको बाधा ठान्यौं । वि.स. २०७२ को संविधानले त हामीले औल्याएका सवै तगरा पन्छययो । न त्यहाँ राजा रहे, न संस्कार–संस्कृति, न विविधता भित्रको एकता तर।पनि किन यो संविधान टिकेन ? किन यो पद्धति चल्न सकेन ? किन देश स्थिरता तर्फ वढ्न सकेन ? किन सामजिक सद्भाव कायम रहन सकेन ? आज यि प्रस्नको खोजि गर्ने समय आएको छ ।

राज्य स्थिर रहन राज्यभित्रको शक्ति सन्तुलन कायम हुनुपर्दछ यो राजनीतिशास्त्रत्रको स्थापित मान्यता हो । विभिन्न राजनैतिक दलहरुले विश्लेषण गर्ने गरेको नेपालको राजनैतिक शक्ति सन्तुलन देशको वास्तविक धरातल र राजनीतिशास्त्रको स्थापित मान्यता विपरित रहेकोले आज देश यो अवस्थामा आइपुगेको प्रष्ट भएको छ । देशको वास्तविक शक्ति सन्तुलन वास्तवमा देशभित्र रहेको परम्परागत शक्ति (जसको नेतृत्व राजसंस्थाले गर्छ ) प्रजातान्त्रिक शक्ति ( प्रजातन्त्रमा श्विास गर्ने दलहरु) र प्रगतिशिल शक्ति (प्रगति चाहने वामपन्थी दलहरु) विचको शक्ति सन्तुलन विना देशमा राजनैतिक स्थिरता नहुने तथ्य प्रमाणित भयसक्यो । समाजमा रहेका विभिन्न जात भाषा, वर्ण, लिङ्ग, संस्कार संस्कृति विचको विविधता भित्रको एकताविना सामाजिक शक्ति सन्तुलन हुन सक्ने देखिएन । वहुधार्मिक देशको ९० प्रतिशत भन्दा वढि सनातन धर्मका अनुयावीलाई पाखा लगाई सिमित धार्मिक समुदायको स्वाथ्यपूर्तिको लागि ल्याइएको धर्मनिरपेक्षताले धार्मिक द्धन्द बढाउने भन्दा अर्को काम गरेन । गरिविको रेखामुनि रहेका च्यातिएको भोटो, कछाड र टोपी लगाउने खुट्टा नाङ्गो भएका जनता समक्ष गरिवि चप्पल पनि लगाउन नपाउने दलका नेता आज पजेरो सस्कृतिको पर्याय वन्न पुगे । गरिब अझ गरिबब, मध्ध्यमवर्ग गरिब र स्वभिमानी पुंजीपति पलायन हुने अवस्था ऋजना भयो। दलाल नोकर शाह पूंजीपतिको चौतर्फि रजगज वढ्यो । यो सवै हामीले विगत १४ वर्षको अन्तरालमा देखे भोगेको यर्थाथ हो । समग्रमा भन्नु पर्दा वि.स. २०६३ को आन्दोलनले उठाएका मुद्धा, वि.स.२०७२ को संविधानले परिकल्पना गरेको समाज, सामाजिक, आर्थिक, धार्मिक र राजनैतिक दर्शन असफल सिद्ध भयो । त्यसकारण जनप्रदर्शनमा सहभागी नभई नहुने अवस्थाको सृजना भयो ।

जनप्रदर्शन किन ?

जनप्रदर्शन किन? यो आम जनसमुदायको साझा प्रश्न हो । आन्दोलनबाट आजित थकित र थिलोथिलो भएको नेपाली समाज अर्काे आन्दोलन थेग्न तयार छैन, यो आम विश्लेशण हो । आज एकातर्फ आन्दोलन नेपाली समाजको आवश्यकता होइन भन्ने बलियो मत छ भने अर्काे तर्फ सत्ता दलकै एउटा चोइटो, प्रतिपक्षीदलहरु र नागरिक समाजको नाममा संगठित डफ्फा आन्दोलनकै मोेर्चामा छ । उद्धेश्य फरक छ र उनीहरुसबै सडकमा छन, एउटै स्वर संविधान जोगाउने । मृत भैसकेको संविधान जोगाउनुको अभिष्ट के ? उनीहरुसंग जवाफ छैन । नेकपा प्रचण्ड÷माधव टुक्राको आन्दोलन ओलीलाई हटाउने, संसद पुनस्थापना गर्ने किनभन्दा प्रचण्डलाई प्र.म. वनाउन । प्रचण्ड÷ माधवलाई प्र.म. वनाउन हामीले आन्दोलन गरिदिनुपर्ने ? जनता को समस्या कहाँ छन भन्दा आन्दोलनको कुनैपनि प्रसङ्गमा छैन । काग्र्रेसको आन्दोलन पनि त्यस्तै छ, त्यहाँ पनि जनताको कुरा छैन । अन्य दलहरु राजपा लगायतकोआन्दोलनमा पनि जनताकोसमस्या प्राथमिकतामा छैन । नागरिक समाजको आल्दोलन प्रतिगमन विरुद्ध भनिएको छ त्यहाँपनि जनताका समस्या आन्दोलनको मुद्धा वन्न सकेको छैन । यस परिप्रेक्षमा जनताको मुद्धा उठाईदिने कसले त ? यो प्रण हामीले गरेका छौ । यस परिपैक्षमा जनताको आवाज उठाईदिन हामीले शान्तिपूर्ण जनप्रदर्शनको आव्हान गरेका छौ । यो जनप्रदर्शन जनताले जनताको लागि र जनताले नै गर्ने आन्दोलन हो । यसमा दलछैन, दलगत राजनीतिछैन, को. प्र.म. भन्ने प्रश्नछैन । पत्र–पत्रिका, सभा–सम्मेलन, लगायत विभन्न माध्यमबाट जनताको आवज, रड्कले के वोलिरहेको छ भन्ने कुरा दम्मग्रस्त राजनीतिइबाट सुनुवार्य नभएपछि वाध्य भएर जनता सड्कमा आउनु परेको हो । विगतमा दम्भी शासकले कुरा नसुन्दा गुठीआन्दोलनको नाममा भएको एकदिने आन्दोलनले शासकलाई जनताको आवाज, सुन्न वाध्ये पारेको अनुभव हामीसंग छ । अव हुने आन्दोलन पनि त्यही दम्भी शासकलाई झुकाई वि.स.२०६३ को आम सहमतिको विन्दुमा पु¥याई जनभावनाको संम्वोधन गराउने तर्फ लक्षित छ । यो जनप्रदर्शन प्रमुख त जनताको जित हुन्छ त्यस्तै दलहरुपनि जितका भागिदार हुन्छन् र पाखा लगाईएको परम्परागत शक्तिले पनि स्थान पाँउछ । देशभित्र शक्ति सन्तुलन कायम हुन्छ र देश स्थिरता तर्फ अघि बढ्दछ भन्ने हाम्रो मान्यता छ ।
तसर्थ मिति २०७७ साल फाल्गुन ८ गते हुने हिन्दु अधिराज्य स्थापना को लागि हुने साङकेतिक जनप्रदर्शनमा सम्वद्ध पक्ष, राजनैतिक दल, नागरिक समाज, प्रेस जगत, विभिन्न पेसाव्रmमीहरु, श्रमिक मजदुर लगाएत आम नेपाली नागरिकहरुको सव्रिmय सहभागिता, सहित सहयोग र समर्थनको अपेक्षा गर्दछौं ।
साथै संचार जगतको पुर्ण सहयोगको अपक्षा सहित समाचार सप्रेशन गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ ।
धन्यवाद ।

मिति : २०७७ साल फागुन ८ गतेल आयोजक
समयः विहान ११ः३० उपत्कावासी नेपालाी जनता
स्थानः माइतीघर मण्डला

 



प्रतिक्रिया दिनुहोस्